जेठ ०५, २०८१, शनिबार
               

राखेपका पूर्वसदस्य सचिव राणाको निधन

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव रुक्मशमशेर राणाको गए राति निधन भएको छ । राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर लगायतका रोगबाट प्रताडित थिए ।

राष्ट्रिय खेलकुद परिषदको दुई पटक नेतृत्व गरेका राणा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पनि भएका थिए । राजनीतिक पृष्ठभुमीका राणाले जिवनको अधिकांश समय खेलकुदमै बिताएका थिए ।

राणालाई सम्मानस्वरुप नेपाल ओलम्पिक कमिटीले मानार्थ अध्यक्ष बनाएको थियो । कमिटीले राणाको निधनले खेलकुदको क्षेत्रमा अपूरणीय क्षति भएको बताएको छ । राणा कांग्रेस नेतृत्वको सरकारको पालामा भारतका लागि नेपाली राजदूत पनि बनेका थिए ।


कस्तो लाग्यो ?

यो पनि