जेठ ०५, २०८१, शनिबार
               

नेपालले दियो पपुवा न्युगिनीलाई २३४ रनको लक्ष्य

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीलाई २३४ रनको टार्गेट दिएको छ ।

कतारको मस्कटमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४९ ओभर २ बलमा अल आउट हुँदै २३३ रन बनाएको हो । नेपालका युवा ब्याट्सम्यान रोहितले सर्वाधिक ८६ रन बनाए । १२३ बल खेलेका रोहितले ३ छक्का र २ चौको मद्धतमा अविजित रन बनाएका हुन् । कप्तान ज्ञानेन्द्र मल्ले ४५ रन बनाए । ७० बल खेलेका मल्ले २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

यस्तै, करण केसीले ४२ रन बनाए बनाए । जम्मा २५ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए । विकेट किपर विनोद भण्डारीले १७ रन बनाए । ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेष ३-३ रन बनाएर आउट भएका थिए । नेपालले एक्स्ट्रा २४ रन पाएको थियो । 

पपुवा न्युगिनीका काबुआ मोरेयाले सर्वाधिक २ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राखेका थिए । यस्तै, नोमान मानुआ, चाद सोपर र कार्लेस् अमिनीले १-१ विकेट लिए । 

यसअघि पहिलो एक दिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि