जेठ ०५, २०८१, शनिबार
               

मैत्रीपूर्ण महिला फुटबलमा आज नेपाल बंगलादेशसँग भिड्दै

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । मैत्रीपूर्ण फुटबल ख्लमा नेपालको महिला राष्ट्रिय फुटबल टोली आज घरेलु मैदानमा बंगलादेशसँग भिड्ने भएको छ । उक्त खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ । एएफसी महिला एसियन कपको छनोट खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेलमा भिड्न लागेको हो ।

अर्को खेल आगामी आइतबार हुने बताइएको छ । रंगशालामा नेपालको महिला सिनियर टोलीले भिड्न लागेको यो पहिलो पटक हो । यसअघि सन् २०१६ डिसेम्बरमा मलेसियासँग नेपालले एन्फा कम्प्लेक्स सातदोबाटोमा भिडेको थियो । 

बंगलादेश–नेपालबीच अहिलेसम्म भएका खेलमा नेपालको प्रदर्शन माथि छ । तर, यसपल्ट नियमित खेलाडी सावित्रा भण्डारीको अनुपस्थितिमा नेपाली टोली केही दबाबमा हुने देखिएको छ । हालसम्म भएका ५ प्रतिस्पर्धामा नेपालले ४ जित र १ हार बेहोरेको छ ।

छनोट अघिको अभ्यास खेलको रुपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ । एन्फाले उक्त खेलको टिकट मूल्य सामान्य तर्फ २ सय र भीआईपीमा ५ सय रुपैयाँ तोकेको छ। एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल समूह एफ मा रहेको छ । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै सुरुआत गर्ने तालिका रहेको छ। नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने दोस्रो खेल हङकङसँग असोज ५ मा प्रतिस्पर्धा गर्नेछ ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ। एसियन कप जनवरी २० देखी फेब्रुअरी ६ सम्म हुनेछ ।

यो पनि