जेठ ०५, २०८१, शनिबार
               

१८ वर्षीया एमा पहिलो पटक ओपन टेनिसकफ सेमिफाइनलमा

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

बेलायती किशोरी तथा १५० औं बरियताकी एमा रादुकानु युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । ११ औँ बरियताकी स्वीस खेलाडी बेलिन्डा बेन्किकलाई सीधा सेटमा पराजित गरेर १८ वर्षकी रादुकानुले अन्तिम चारमा स्थान बनाएकी हुन् ।

रादुकानुले बेन्किकलाई ६–३ र ६–४ को सेटमा पराजित गरेकी हुन् ।  रादुकानुले फाइनल प्रवेशका लागि चौथो बरियताकी चेक गणतन्त्रकी खेलाडी कारोलिना प्लिस्कोभा वा १७ औँ बरियताकी ग्रीक खेलाडी मारिया साकारीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

उनी युएस ओपनको इतिहासमा शीर्ष १०० बरियता भन्दा बाहिरबाट सेमिफाइनलमा पुग्ने तेस्रो खेलाडी हुन् ।


कस्तो लाग्यो ?

यो पनि