जेठ ०५, २०८१, शनिबार
               

इपिएलको खेलतालिका सार्वजनिक

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेलतालिका सार्वजनिक भएको छ ।

आयोजकले बुधबार सार्वजनिक गरेको तालिका अनुसार साविक विजेता ललितपुर प्याट्रिओट्सले उद्घाटन खेलमा काठमाडौं किंग्स ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउण्ड रोविन लिगमा १५ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ ।

१९ खेलपछि इपिएलले च्याम्पियन पाउनेछ । च्याम्पियन टिमले नगद ५० लाख प्राप्त गर्नेछन् ।

लिगमा ललितपुर र काठमाडौंसँगै विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि