जेठ ०५, २०८१, शनिबार
               

रोनाल्डो विना नै पोर्चुगलको सहज जित

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । कतार विश्वकप छनोट अन्तर्गत युरोपियन छनोट खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ ।

मंगलबार राति अजरबैजानको बकी ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

समूह ‘ए’ अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, एन्द्रे सिल्भा र डियगो जोटाले १–१ गोल गरे ।रोनाल्डो विना नै मैदान प्रवेश गरेको पोर्चुगलले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप १ गोल गरेको हो । 

सोही समूहको अर्को खेलमा आयरल्यान्ड र सर्बियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शीर्ष स्थानमा रहेको पोर्चुगलले जितसँगै समूह ‘ए’ मा पाँच खेलबाट १३ अंक बनाएको छ ।

समान खेलबाट सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट २ र १ अंक बनाएका आयरल्यान्ड र अजरबैजान क्रमशस् तालिकाको  चौथो र पाँचौ स्थानमा छन् । 


कस्तो लाग्यो ?

यो पनि