मंसिर ०७, २०८१, शुक्रबार
               

साविक विजेता ओसाका तेस्राे चरणबाटै बाहिरिइन्

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

साविक विजेता तथा तेस्राे वरीयताकी नाओमी ओसाकालाई पराजित गर्दै फर्नान्डेज वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको अन्तिम १६ मा पुगेकी छन् ।

शनिबार बिहान न्यूयोर्कमा भएको खेलमा ५–७, ७–६ (७–२), ७–४ को रोमाञ्चक जित निकाल्दै १८ वर्षीय फर्नान्डेजले पि–क्वार्टरफाइनल यात्रा तय गरिन् ।

क्यानडियन १८ वर्षीया किशोरी फर्नान्डेजले दोस्रो सेट टाई ब्रेकरमा जितेकी थिइन् । तेस्रो तथा निर्णायक सेटको सुरुआतदेखि नै खेलमा पकड बनाएकी फनान्डेजले करियरको सबैभन्दा ठूलो नतिजा निकालिन् ।

‘खेलको सुरुआतदेखि नै म जित्नका लागि काबिल छु भन्ने लागेको थियो,’ फर्नान्डेजले खेलपछि भनिन् । 


कस्तो लाग्यो ?

यो पनि