जेठ ०५, २०८१, शनिबार
               

ग्रिजम्यानले पनि छोडे बार्सिलोना

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

दुई वर्ष क्याटलान क्लब बार्सिलोना बसाईपछि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजम्यान ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन् ।

ग्रिजम्यान लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् । ग्रिजम्यान २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । तर, दुई वर्षपछि नै ग्रिजम्यान एट्लेटिको फर्किएका हुन् ।

उनले एथ्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका यसअघिको बसाईमा । एथ्लेटिको मड्रिडले एक वर्षका लागि लोनमा ल्याएका ग्रिजम्यानको पारिश्रमिक तिर्नु पर्ने छ भने अर्को वर्ष अनिवार्य रुपमा उनलाई स्थायी अनुबन्धित गर्नु पर्ने छ ।

बार्सिलोनामा ३० वर्षका ग्रिजम्यानले १०२ खेलमा ३५ गोल गरेका छन् । आर्थिक रुपमा संघर्ष गरिरहेको बार्सिलोना यो सिजन छोड्ने ग्रिजम्यान ११ औँ खेलाडी हुन् ।


कस्तो लाग्यो ?

यो पनि