बैशाख २१, २०८१, शुक्रबार
               

रोनाल्डोको पोस्टले इन्स्टाग्रामको कीर्तिमान भंग

नेपाल फ्ल्यास
भदौ १४, २०७८

ADVERTISEMENT

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फुटबलको मैदान मात्र होइन, सामाजिक सञ्जालमा पनि कीर्तिमान भंग गरिरहेका छन् । म्यान्चेस्टर युनाइटेडले उनी क्लबमा फर्किएको घोषणा गरेको पोस्टले समाचार तयार पार्दासम्म १ करोड २९ लाख बढी लाइक पाइसकेको छ ।

योसँगै म्यान्चेस्टर युनाइटेडको इन्सटाग्राम पोस्टले कुनै पनि खेलकुदको टोलीले पाएको सबैभन्दा धेरै लाइक पाउने कीर्तिमान बनेको छ । यसअघि पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सी क्लबमा आबद्ध भएको घोषणा गरेको पोस्टले ७८ लाख १९ हजार बढी लाइक पाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि