जेठ ०५, २०८१, शनिबार
               

बेटिसलाई हराउँदै मड्रिड शीर्ष स्थानमा प्रवेश

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

 काठमाडौं । स्पेनिस ला–लिगाको फुटबल खेलमा संघर्षपूर्ण जित हासील गर्दै रियल मड्रिड शीर्ष स्थानमा प्रवेश गरेको छ । 

गए राति सम्पन्न भएको उक्त खेलमा रियल बेटिसलाई १–०ले हराउँदै मड्रिड तालिकाको शीर्षमा स्थान प्रवेश गर्न सफल भएको हो । खेलको ६१ औँ मिनेटमा मड्रिडका डिफेण्डर ड्यानी कार्भाजलले हेडिङमार्फत गोल गरे ।

उक्त जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा प्रवेश गरेको छ । समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा छन् । पराजित बेटिस २ अंकसहित १४औँ स्थानमा रहेको छ ।

गएराति भएका अन्य खेलमा सेल्टा डि भिगोलाई एट्लेटिको बिल्वाओले १–० तथा रियल सोसिडाडले लेभान्तेलाई १–० गोल अन्तरले पराजित गरेका छन् भने इल्चे र सेभियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् । 


कस्तो लाग्यो ?

यो पनि