जेठ ०५, २०८१, शनिबार
               

तेस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्डसँग भारतको लज्जास्पद हार

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । तेस्रो टेष्ट क्रिकेट खेलमा इंग्ल्याण्डसँग भारतको लज्जास्पद हार भएको छ । उक्त खेलमा जितसँगै इंग्ल्याण्डले पाँच खेलको टेष्ट श्रृखंलामा १–१ को बराबरी कायम गरेको छ । भारतले तेस्रो टेष्ट खेलमा एक पारी र ७६ रनले हार बेहोरेको छ ।

पहिलो पारीमा इंग्ल्याण्डले तयार गरेको ४३२ रनको जवाफमा भारतले दुबै पारीमा ३६६ रन मात्रै जोडेपछि उसले लज्जास्पद हार बेहोरेको हो ।  हेडिंग्लीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले पहिलो पारीमा ७८ रनको झिनो योगफलमा समेटियो ।

भारतको पारीमा रोहित शर्माको १९ र अजिन्क्यै रहानेको १८ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन । इंग्ल्याण्डका लागि जेम्स एन्डरसन र क्रैग ओभर्टनले सामान तीन तीन विकेट लिएर भारतको ब्याटिङ क्रमलाई धराशायी बनाएका थिए । ओली रोबिन्सन र साम कर्रनले सामान दुई–दुई विकेट लिए ।

जवाबमा इंग्ल्याण्डले कप्तान जोइ रुटको शतक तथा ओपनर रोरी बर्नसको ६१, हसीब हामीदको ६८ र देविड मलानको ७० रनको सहयोगले पहिलो पारीमा ४३२ रनको सम्मानजनक योगफल तयार गर्यो । पहिलो पारीमा ३५४ रनले पछाडि परेको भारतले दोस्रो पारीमा मात्र २७८ रनमा समेटियो । 

खेल सकिन एक दिन बाँकी छँदै भारतले ९९ दशमलव ३ ओभरमा २७८ रनमा समेटियो । भारतको लागि ओपनर रोहित शर्माले ५९ तथा चेतेश्वर पूजाराले ९१ र विराट कोहलीको ५५ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो गर्न सकेनन् ।
 


कस्तो लाग्यो ?

यो पनि