मंसिर ०७, २०८१, शुक्रबार
               

रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किए

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । 

उनका एजेन्ट  जोर्ज मेन्डेसले युनाइटेडसँग सम्झौता पक्का भएको जानकारी दिएका हुन् ।

म्यानचेस्टर सिटीले रोनाल्डोसँग व्यक्तिगत सम्झौतामा नै सहमति गर्न नसकेपछि रोनाल्डोको सिटी जाने सम्भावना सकिएको थियो । 

रोनाल्डोको तलबलाई लिएर सिटीमा ठूलो समस्या रहेको थियो । दुई वर्षको अनुबन्धनका लागि ट्रान्सफर रकम खर्चेर सिटीले रोनाल्डोको तलब दिन असमर्थता जनाएको थियो ।

रोनाल्डोले युभेन्टसलाई आफू क्लब छाड्ने जानकारी दिएसँगै युनाइटेडले यसबारे चासो दिएको थियो । सिटीसँग सहमति हुन नसकेसँगै एजेन्ट मेन्डेस र युनाइटेड प्रतिनिधिबीच छलफल भएको थियो । 

युनाइटेड फर्कन रोनाल्डो आफैंले पनि केहि लचकता देखाएको छ । युनाइटेड आफैं पनि आफ्नो पूर्वखेलाडी फर्काउन उत्साहित रहेकाले ट्रान्सफर युभेन्टसले रोनाल्डोको लागि ३३ मिलियन युरो माग गरेको थियो । 

यसअघि शुक्रबार नै युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्साएरले रोनाल्डोसँग छलफल गरिरहेको बताएका थिए ।  ‘रोनाल्डो यस क्लबका लेजेन्ड हुन् । उनीसँग हामी सम्पर्कमा नै छौं । ब्रुनोले उनीबारे कुरा गरिरहेका छन्. उनी जान्दछन् कि हामी उनको बारेमा के महसुस गर्छौं,’ सोल्साएरले भनेका थिए ।

रोनाल्डोले सन् २००३ देखि २००९ सम्म इंग्लिस क्लब युनाइटेडबाट खेलेका थिए । त्यसपछि ९ सिजन रियल मड्रिडबाट खेलेका थिए । उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए । रियलबाट ९ सिजनमा ४३८ खेलमा ४५० गोल गरेका थिए। ०१८ पछि उनी इटालियन क्लब युभेन्टस पुगेका उनले तीन सिजन खेल्दा १३४ खेलमा १०१ गोल गरेका छन् । 

उनले गत सिजन सिरी ए मा ३३ खेल खेल्दै २९ गोल गरेका थिए । यद्यपि, रोनाल्डोका लागि युभेन्टस यात्रा त्यति फलदायी देखिएको छैन । उनी क्लबमा आएपछि उनले च्याम्पियन्स लिगमा युभेन्टसलाई क्वार्टरफाइनलभन्दा माथि लैजान सकेनन् । 

यो पनि