जेठ ०५, २०८१, शनिबार
               

क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा, यस्तो छ कारण

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् ।

वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा बुझाएका हुन् ।

क्यान सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरे ।

उनले व्यक्तिगत कारणले राजीनामा दिएको  इमेलमा उल्लेख गरेका छन् । 

महामारीको अवस्थामा आफूले परिवारलाई समय दिने भन्दै उनले क्यानलाई इमेल लेखेका छन् । साथै उनले नेपाली क्रिकेट टिमको प्रशिक्षक भएर काम गर्दा पाउँदा खुसी लागेको पनि लेखेका छन् । 

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमानमा छ । 

सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ । सो सिरिजपछि वाटमोरले नेपाली टिम छाड्नेछन् । 

यसअघि उनी गत पुसमा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए । 

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन् । 


कस्तो लाग्यो ?

यो पनि