जेठ ०५, २०८१, शनिबार
               

क्रिकेटका मुख्य प्रशिक्षक ह्वाटमोरद्वारा राजीनामा तर, क्यान अनविज्ञ

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएको अष्ट्रेलियन समाचार संस्था न्युज नाइनले दाबी गरेको छ । 

उनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएको छ । सो सञ्चार माध्यमले ह्वाटमोरको व्यवस्थापक कम्पनी फ्रस्टस्पोर्टसइभेन्ट वनलाई उदृत गर्दै राजीनामा दिएको पुष्टि भएको हो । 

हाल ओमानमा रहेका ह्वाटमोरले भने यो विषयमा कुनै कमेन्ट गर्न नखोजेको जनाएको छ । ओमानमा आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि ओमानमा रहेको नेपाली टिमको प्रशिक्षण दिइरहेका बेला उनको राजीनामाको कुरा सार्वजनिक भएको छ ।

गत डिसेम्बरमा खुल्ला छनोटबाट नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा चयन भएका निकै अनुभवी प्रशिक्षक ह्वाटमोर करिव एक महिनापछि नेपाल आएका थिए । तर नेपाल आएको तीन/चार महिनासम्म पनि उनको श्रम स्वीकृति नहुँदा उनी टुरिस्टका रुपमा काम गरेका थिए । जसका कारण उनले सुरुवातमा नियमित तलब पनि पाउन सकेका थिएनन् । 

उनको तलवको कुरालाई आइसीसी र एसीसीसँगको छलफलमा टुंगो लगाएको क्यान राजीनामा बारेमा भने अनविज्ञ नै छ । न्युज ९ को ट्विटपछि नेप्लेजले क्यानका सचिवसँग कुरा गर्दा यो विषयमा आफूलाई कुनै जानकारी नभएको र उनले दिउँसोसम्म कुनै त्यस्तो कुरा नगरेको बताए । उनले यो विषयमा आफूले पनि बुझ्नुपर्ने बताए । 

यदि ह्वाटमोरले राजिनामा दिएको कुरा सत्य हो भने उनी नेपाल आएको नौ महिनामा नै छोड्ने निर्णयमा पुगेका हुन । उनी ओमानमा हुने सिरिज सकिएपछि नेपाली टिम छोड्ने बताइएको छ । 

श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका प्रशिक्षक ह्वाटमोरले अचानक राजीनामा दिएको खबर अष्ट्रेलियन मिडियाले सार्वजनिक गरेपछि नेपाली क्रिकेटमा तहल्का मच्चिएको छ । 

कोभिडका कारण नेपालले अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता निकै कम खेलेको छ । त्यसमा पनि ह्वाटमोर आएपछि नेपालले पहिलो पटक विदेशी भूमीमा प्रतियोगिता खेल्न लागेको हो । उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिता खेलेको थियो । जसमा नेपाल च्याम्पियन बनेको थियो । 

त्यो बेलासम्म पनि क्यानले उनको श्रम स्वीकृति लिन सकेको थिएन । त्यसपछि कोभिडका कारण लकडाउन हुँदा ह्वाटमोर दुई पटक श्रीलंका फर्किएका थिए । तर अहिलेको यो घटनाले भने किन छोड्यो भनेर चौतर्फी चर्चा भएको छ ।


कस्तो लाग्यो ?

यो पनि