बैशाख २१, २०८१, शुक्रबार
               

युभेन्टस छाडेर जाने मिडिया रिपोर्टप्रति रोनाल्डोको आपत्ति

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर जाने मिडिया रिपोर्टप्रति आपत्ति जनाएका छन् । यद्यपि, सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले न त युभेन्टसमा आफ्नो भविष्यप्रति प्रतिबद्धता जाहेर गरेका छैनन् न त क्लब छाडेर जाने सम्भावनालाई नकारेका नै छन् ।

रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी जाने चर्चा बीच ३६ वर्षीय खेलाडीले आफू ‘काममा केन्द्रित’ रहेको मात्र बताएका छन् । पोर्चुगलका कप्तानले ती हल्लाले आफूलाई एक मानिस र खेलाडीको रूपमा अपमान गरेको जिकिर गरेका छन् ।

उनले लेखेका छन्, ‘थोरै गफ र धेरै काम, करियरको शुरुवातदेखि नै मेरो यो मेरो सिद्धान्त रहँदै आएको छ । तर पछिल्लो समय मेरो बारेमा जे जति लेखिएका छन्, मैले मेरो कुरा स्पष्ट पार्नुपर्छ । मिडियामा मेरो भविष्यबारे तुच्छरुपमा जे लेखिएका छन्, त्यो हल्लाले त्यहाँ उल्लेख गरिएका क्लब, खेलाडी र स्टाफको अपमान गरेको छ ।’

मंगलबार रियल म्याड्रिडका नयाँ म्यानेजर कार्लो एन्चेलोटीले पनि एक ट्वीट गर्दै रोनाल्डो क्लबमा फर्किने हल्लालाई खारेज गरेका थिए । ‘क्रिस्टियानो रियलका लिजेन्ड हुन् र उनीप्रति मेरो माया र सम्मान छ । तर मैले उनलाई पुनः अनुबन्ध गर्नेबारे सोचेको छैन । हामी अगाडि बढ्न चाहन्छौँ ।’

कार्लोको ट्वीटअघि स्पेनिस टिभी एल चिरिङगुइटोले सोमबार रियल र रोनाल्डोको पुनर्मिलनबारे रिपोर्ट प्रशारण गरेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि