मंसिर ०६, २०८१, बिहीबार
               

इंग्ल्यान्डमाथि भारतको सानदार जित

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १५१ रनको सानदार जित निकालेको छ । फराकिलो जितसँगै पाँच टेस्ट खेलमा भ्रमण टोली भारतले १-० को अग्रता लिएको छ । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

सोमबार भारतले ८ विकेट गुमाएर २९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो ।जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डले अलआउट हुँदै १२० रन मात्र बनाउन सक्यो । उसका कप्तान जोए रुटले ३३ रन जोड्दा जोस बट्लरले २५ रन बनाए । मोइन अली १३ रनमा आउट भए ।

भारतका मोहमद सिराजले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा इशान्त शर्माले २ विकेट लिए । त्यस अघि दोस्रो इनिङ्समा भारतका अजिन्का रहानेले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद शामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै चेतेश्वर पुजाराले ४५ रन जोड्दा जस्प्रित बुम्राह ३४ रनमा अविजित रहे । ऋषव पन्त २२, रोहित शर्माले २१ र  कप्तान विराट कोहली २० रनमा आउट भए ।  

इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । मोइन अली र ओली रोबिनसनले  २/२ विकेट झारे ।केएल राहुल प्लेयर अफ द म्याच चुनिए । तेस्रो टेस्ट २५ अगष्टदेखि लिड्समा सुरु हुने छ ।


कस्तो लाग्यो ?

यो पनि