बैशाख २२, २०८१, शनिबार
               

पिएसजीकाे सहज जीत

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

फ्रेन्च लिग वानकाे दोस्राे खेलमा पिएसजीले जीत दर्ता गरेकाे छ । पहिलो खेलमा ट्रोएसमाथि २–१ को जित दर्ता गरेको पिएसजीकाे यो लागातार दोस्राे जीत हाे । 

गएराति सम्पन्न लिग वानको आफ्नो पहिलो खेलमा पिएसजीले स्ट्रासबर्गलाई ४-२ गोल अन्तरले हराउँदै  गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो।

पिएसजीको जीतमा माउरो इकार्डी, किलियन एम्बाप्पे, जुलियन ड्राक्सलर र पाब्लो सर्बियाले एक एक गोल गरेका थिए । त्यस्तै स्ट्रासबर्गका लागि केभिन गामेरियो र लुडोभिक अजोरक्यूले एक एक गोल गरेका थिए। 

पिएसजीले अब अर्को खेल अगस्त २१ मा ब्रेस्टविरुद्ध खेल्ने छ । केही दिन अघि पिएसजीमा गएका लियोनेल मेस्सीले भने खेल्न पाएनन् ।


कस्तो लाग्यो ?

यो पनि