बैशाख २२, २०८१, शनिबार
               

खेलकूदमैत्री कानून बनाइने

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलकूदमैत्री कानून बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल लोकतान्त्रिक खेलकूद संघ गण्डकीद्वारा पोखरा रङ्गशालामा आयोजित वृक्षरोपण कार्यक्रममा उनले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानून आवश्यक रहेको बताए ।

जापानमा सम्पन्न ओलम्पिक खेलकूद प्रतियोगितामा पाँच खेलाडीका पछाडि २५ जना प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गर्दै उनले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेकोसमेत जानकारी गराए । 

नेपाल लोकतान्त्रिक खेलकूद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेल क्षेत्रभित्रको विकृति विसङ्गतिको अन्त्यका लागि लोकतान्त्रिक खेलकूद संघ निरन्तर लागि रहने बताए । 

लोकतान्त्रिक खेलकूद संघ गण्डकी अध्यक्ष हरिश्चन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका नेता सोभियतबहादुर अधिकारी, कांग्रेस क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, पोखरा– ९ का वडाध्यक्ष रामराज लामिछाने, संघका उपाध्यक्ष विद्या मरासिनी, प्रदेशका सहसचिव हरि खनाललगायतले खेलकूदको महत्वमाथि प्रकाश पारेका थिए ।

पोखरा रङ्गशालालाई हरियालीमैत्री बनाउने लक्ष्यका साथ आयोजित कार्यक्रममा विभिन्न जातका ७५ बिरुवा रोपिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि