बैशाख २१, २०८१, शुक्रबार
               

आइसीसीको नयाँ वरीयतामा ज्ञानेन्द्र र पारसको सुधार

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

काठमाडौं । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले सुधार गरेका छन् ।

ज्ञानेन्द्र तीन स्थान माथि उक्लदै ९४ औं स्थानमा पुगेका छन । यसअघि उनी ९७ औं स्थानमा थिए । यस्तै पारस खड्काले पनि चार स्थान सुधार गरेका छन् । 

यसअघि ९४ औं स्थानमा रहेका पारस चार स्थान सुधार गर्दै ९० औं स्थानमा पुगेका छन् ।

कप्तान ज्ञानेन्द्रको तीन सय ५७ रेटिङ रहेको छ । यस्तै पारसको तीन सय ६२ रेटिङ रहेको छ । नेपालका अर्का खेलाडी कुशल भुर्तेल भने ६० औं स्थानमा यथावत रहेका छन् । 

ज्ञानेन्द्र भन्दा पछाडी अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथ, भारतीय खेलाडी मनिष पाण्डे छन् ।

विश्व बरियतामा इंग्ल्याण्डका डाविड मलान शिर्ष स्थानमा कायम छन । बलिङमा नेपालका सन्दिप लामिछाने ७७ औं स्थानमा यथावत छन् ।


कस्तो लाग्यो ?

यो पनि