बैशाख २२, २०८१, शनिबार
               

लस एन्जलस ओलम्पिकमा क्रिकेट सामेल गराउन पहल

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटलाई समावेश गर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले प्रक्रिया अगाडि बढाएको छ । 

आइसिसीले सन् २०२८ को ओलम्पिकमा क्रिकेटलाई समावेश गर्नका लागि आफ्नो तर्फबाट प्रक्रिया अगाडी बढाएको जनाएको छ । अमेरिकामा तीन करोड क्रिकेट समर्थक बस्ने गरेको र त्यही देशबाट ओलम्पिकमा क्रिकेटलाई फर्काउने प्रयास आइसिसीले गरेको छ । 

सन् १९०० मा ओलम्पिकमा क्रिकेट समावेश भए पनि त्यसपछि भने राखिएको छ । करिब एक सय २८ वर्षको अनुपस्थितिपछि पछिल्लो पटक क्रिकेटलाई पनि ओलम्पिकमा समावेशका लागि पहल भएको हो । 

अर्को वर्ष बेलायतमा हुने कमनवेल्थ गेम्समा क्रिकेटलाई राख्ने पक्का भइसकेको छ । त्यो प्रतियोगिताले पनि ओलम्पिकमा क्रिकेट राख्नका लागि प्रभावित गर्ने विश्वास गरिएको छ । आइसिसीका प्रमुख ग्रेग र्बाक्लेले ओलम्पिकमा क्रिकेटलाई समावेश गर्नु फाइदाजनक हुने बताएका छन् । उनले क्रिकेट दक्षिण एसियाका ९२ प्रतिशत समर्थले फलो गर्ने गरेको र अमेरिकामा पनि ३० मिलियन समर्थक रहेकोले २०२८ को ओलम्पिकमा यो खेललाई राख्न उचित हुने बताए । 

ओलम्पिकमा क्रिकेटलाई राख्नका लागि एक समिति पनि बनाइनेछ । जसको प्रमुख इंग्ल्याण्ड र वेल्सका प्रमुख इयान वाटमोर हुनेछन् ।

जसमा आइसिसीका स्वतन्त्र डाइरेक्टर इन्द्र नोई, जिम्बावे क्रिकेटका प्रमुख ताभेग्वा, एसीसीका प्रमुख महिन्दा मालिपुरन र अमेरिकी क्रिकेट संघका प्रमुख पराग मराठी हुनेछन् ।


कस्तो लाग्यो ?

यो पनि