जेठ ०८, २०८१, मंगलबार
               

टी–ट्वान्टी क्रिकेट : बंगलादेशसँग अष्ट्रेलियाको लज्जास्पद हार

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

काठमाडौं । टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई बंगलादेशले सहजै हराएको छ । गएराति बंगलादेशविरुद्ध पाहुना टोली अस्ट्रेलियाले लज्जास्पद हार व्यहोरेको हो  । पाँच खेलको टी–ट्वान्टी सिरिज घरेलु टिम बंगलादेशले ४–१ ले जित हात पारेको छ ।

उक्त खेलको अन्तिम तथा पाँचौ टी–ट्वान्टीमा बंगलादेशले अष्ट्रेलियालाई ६० रनले पराजित गरेको छ । शेर बंगला नेशनल स्टेडियममा बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ६२ रन जोड्दा  पूरै आउट भयो ।

बंगलादेशका बलर चम्किएपछि अष्ट्रेलिया १३ ओभर ४ बलमा अलआउट भएको थियो । सिमित ओभरको क्रिकेटमा अष्ट्रेलियाको यो सर्वाधिक कम स्कोर हो । अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले २२ रन जोडे भने बेन म्याकडेरमोटले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियालाई सहजै समेट्न शकिब अल हसनले ४ विकेट लिएका थिए भने मोहमद सैफुदीनले ३ तथा नासुन अहमेदले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

बंगलादेशको लागि मोहमद नाइमले २३ रन जोड्दा कप्तान महमुद उल्लाहले १९ रन बनाए । सौम्य सरकारले १६ रन बनाए भने महेदी हसनले १३ रन जोडे भने शकिब अल हसनले ११ रन बनाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि