भारत र इङ्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा टुंगिएको छ ।
पाँचौँ दिनको खेलमा वर्षा बाधक बनेपछि पहिलो टेस्टको नतिजा बराबरीमा सकिएको हो । पाँच टेस्ट श्रृंखलाको दोस्रो खेल बिहीबारदेखि लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।
चार दिनको खेलपछि २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १४ ओभरमा एक विकेट गुमाएर ५२ रन बनाएको थियो । जितको लागि ङ्ल्यान्डलाई १ सय ५७ रन अघि नै भारतको ९ विकेट लिनुपर्ने हुन्थ्यो ।