बैशाख १५, २०८१, शनिबार
               

भारतलाई स्वर्ण दिलाउने निरज चर्चामा, पुरस्कार र सम्मानको ओइरो

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

ट्रयाक एन्ड फिल्ड अन्तर्गत ज्याब्लिङ थ्रोमा भारतलाई पहिलो ओलम्पिक स्वर्ण दिलाएका निरज कुमारको यतिबेला भारतमा चर्चा भएको छ ।

भारतका लागि ओलम्पिकको इतिहासमा दोस्रो र ट्रयाक एन्ड फिल्डमा पहिलो स्वर्ण स्वर्ण जितेका निरजले फाइनलमा ८७.५८ मिटर थ्रो गर्दै नयाँ इतिहास बनाए । 

उनले स्वर्ण जितेपछि उनीमाथि पुरस्कारको ओइरो लागेको छ । हरियाणा, पन्जाब, बीसीसीआईले पुरस्कार दिने घोषणा गरिसकेका छन् । हरियाणा सरकारले ६ करोड भारतीय रुपैयाँ र पन्जाब सरकारले दुई करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । 

यस्तै बीसीसीआईले पनि उनलाई एक करोड भारतीय रुपैयाँ दिने निर्णय गरेको छ । भारतीय स्पोर्टस पोलिसीअनुसार नै उनले सरकारबाट ६ करोडका साथै शीर्ष स्तरको जागिर पाउनेछन् । यसका साथै उनले कुनै पनि जग्गा खरिद गर्दा विशेष छुट पाउनेछन् । 

उनी भारत पुगेपछि उनलाई पुरस्कार दिनेको ओइरो नै लाग्ने पक्का छ । अहिलेसम्म उनले नौ करोड भारतीय रुपैयाँ पाउने पक्का छ । 

जिम छोडेर ज्याभ्लिङ थ्रोमा लागेका निरज

निरज सुरुवातमा धेरै फिट नभएकाले जिम जाने गर्थे । उनका काकाका अनुसार आफ्नो तौल घटाउनका लागि उनले जिम जाने गरेका थिए । उनी जिम गर्ने छेवैमा स्टेडियम पनि थियो ।

त्यहाँ उनी नियमित जस्तै घुम्न जान्थे । एकदिन केही अन्य खेलाडीहरू ज्याब्लिङ थ्रो गरिरहेका थिए । निरज पनि त्यहाँ पुगेर हेरिरहे । 

त्यही बेला प्रशिक्षकले उनलाई ज्याब्लिङ थ्रो गर्न र कतिसम्म फाल्न सक्छौ भनेर च्यालेञ्ज गरे । निरज त्यसलाई स्वीकार गरेर थ्रो गर्दा निकै टाढा फालेका थिए । 

त्यसपछि निरजलाई प्रशिक्षकले नियमित प्रशिक्षणमा आउनका लागि आग्रह गरे । केही समयसम्म निरजले पानिपतको स्टेडियममा प्रशिक्षण गरेका थिए । त्यसपछि उनी पंचकूला गएर प्रशिक्षण गरे । 

त्यसलाई उनले निरन्तरता दिँदै गए । सन् २०१६ मा जुनियर विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका उनले २०१६ मा एसियन च्याम्पियनसिप रजत हात पारेका थिए । 

यस्तै २०१८ मा भएको एसियन गेम्समा स्वर्ण र कमनवेल्थ गेम्समा पनि स्वर्ण जितेका थिए । 

निरजले सन् २०१६ मा भएको जुनियर वर्ल्ड च्याम्पियनसिपमा रेकर्ड बनाएका थिए । तर पनि उनले रियो ओलम्पिकमा भाग लिन पाएनन् । उनले त्यो बेला जुलाई २३ मा रेकर्ड बनाएका थिए भने रियोको छनोटको अन्तिम मिति सकिइसकेको थियो । जसका कारण उनी चुक्न पुगे । 

विश्व रेकर्ड बनाएपछि निरज सेनाको जुनियर कमिशंड अफिसरको पोस्टबाट नायब सुबेदारमा बढुवा गरिएको थियो । त्यसपछि उनको करियरले रफ्तार लिएको थियो । अन्तर्राष्ट्रिय स्तरमा ६ वटा मेडल जितिसकेका निरज उमेरले पनि २३ वर्षमात्र भएका छन् । 

उनले अझै पनि भविष्यमा धेरै सफलता हात पार्ने पक्का जस्तै छ ।


कस्तो लाग्यो ?

यो पनि