बैशाख ०४, २०८१, मंगलबार
               

सकिँदै टोकियो ओलम्पिक, शीर्ष स्थानमा अमेरिका

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिक हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर त्यो अन्योललाई चिर्दै विश्व खेलकुदको महाकुम्भ आज समापन हुँदै छ । १६ दिनसम्म चलेको प्रतियोगितामा अमेरिका पदक तालिकामा च्याम्पियन बन्यो । 

प्रतियोगिता सुरु भएको चार दिनसम्म जापान शीर्ष स्थानमा रहेको थियो । त्यसपछि १५ औँ दिनसम्म चीन आफूलाई शीर्ष स्थानमा राख्न सफल भयो ।

तर अन्तिम दुई दिनमा अमेरिकाले एकपछि अर्को स्वर्ण जित्दै टोकियो ओलम्पिकको पदक तालिकामा शीर्ष स्थानमा रहेर टुङ्ग्याएको छ । 

हरेक संस्करणको ओलम्पिकमा पदक तालिकामा शीर्षता नै हासिल गर्न खोज्ने अमेरिकाको जापानमा ३९ स्वर्ण, ४० रजत र ३३ कास्यसहित कुल एक सय १२ स्वर्ण जित्यो ।

ओलम्पिकमा पदक तालिकामा शतक बनाउने अमेरिका नै बन्यो । 

दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक हात पार्‍यो । जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यका साथ ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो ।

बेलायतले २२ स्वर्ण, २१ रजत र २२ काशेका साथ ६५ पदक हात पार्‍यो । 

यो ओलम्पिकमा ६५ देशले स्वर्ण पदक जित्दा ९३ देशले कुनै न कुनै पदक जिते । जसमा भारतले पनि एक स्वर्णका साथ सात पदक हात पार्‍यो ।

नेपाली खेलाडीका लागि भने यो ओलम्पिक सहभागितामा नै सीमित बन्यो । दुई खेलाडीले राष्ट्रिय कीर्तिमानमा सुधार गरे भने अरूले सहभागिता जनाउनु नै ठुलो रह्यो ।


कस्तो लाग्यो ?

यो पनि