जेठ ०८, २०८१, मंगलबार
               

बार्सिलोनाबाट बिदाइ भएपछि मेस्सीले आज पत्रकार सम्मेलन गर्दै

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

काठमाडौं । बार्सिलोनाबाट बिदाइ भएपछि विश्व प्रसिद्ध सुपर स्टार फुटबल खेलाडी लियोनल मेस्सीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उनी बार्सिलोनाबाट बिदाइ भएपछि आएका सूचनाहरूबारे पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिन  फुटबल खेलाडी मेस्सीले आइतबार (आज) बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका हुन्‌ ।

मेस्सी आवद्ध क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्कन लागेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट बिदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेस्सीले सम्मेलनमा बोल्ने त्यहाँका मिडियाहरूले उल्लेख गरेका छन्‌ ।​​

बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘३४ वर्षीय मेस्सीले मध्याह्न हुने प्रेस सम्मेलनमा उनको बार्सिलोनासँगको सहकार्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्‌, क्लबबाट उनको बिदाइ घोषणा भएदेखि यी उनका पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन् ।’

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेस्सीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताएपछि मेस्सीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचारहरू लेखेका छन् ।

बार्साले अगस्त १५ मा ला लिगा सुरु हुनुभन्दा अगाडि ठूलो आर्थिक समस्याको सामना गरिरहेको बताउँदै लापोर्टाले बार्सिलोना अब मेस्सीसँग करार नवीकरण गर्ने सोचमा नरहेको बताएका छन्‌ । 

यो पनि