जेठ ०९, २०८१, बुधबार
               

ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्णपदक

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

जापानमा चलिरहेको ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले स्वर्णपदक जितेको हो । ब्राजिलको जितमा माथुएस कुन्हा र माल्कोमले एक/एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा रिचार्लीसनले पेनाल्टी चुकाउँदा ब्राजिल अग्रता लिनबाट चुकेको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा माथिअस कुन्हाले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको ६१ औं मिनेटमा मिकेल ओयाराज्बलले स्पेनलाई बराबरीमा ल्याए । 

अतिरिक्त समयको १०८ औं मिनेटमा माल्कमले विजयी गोल गरे । एन्टोनीले दिएको थ्रु पासलाई उनले पेनाल्टी क्षेत्रबाट शक्तिशाली प्रहार गर्दै गोल गरे ।


कस्तो लाग्यो ?

यो पनि