बैशाख १२, २०८१, बुधबार
               

ओलम्पिक बास्केटबलमा अमेरिकालाई १६औं पटक स्वर्ण

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकाको पुरुष बास्केटबल टिमले लगातार चौथो पटक ओलम्पिकमा स्वर्ण जितेको छ । जापानमा भयरहेको टोकियो ओलम्पिकअन्तर्गत पुरुष बास्केटबलको फाइनलमा फ्रान्सलाई पराजित गर्दै अमेरिकाले स्वर्ण जितेको हो ।

साइटामा एरिनामा शनिबार भएको फाइनलमा अमेरिकाले फ्रान्सलाई ८७-८२ अंकले हरायो । प्रतियोगिताको पहिलो खेलमै फ्रान्ससँग पराजित भएको अमेरिकाले फाइनल जित्दै बदला समेत लियो ।

प्रतिस्पर्धात्मक बनेको फाइनलको पहिलो क्वार्टरमा अमेरिकाले २२-१८ को अग्रता बनाएको थियो । यस्तै अमेरिकाले दोस्रो क्वार्टरमा २२-२१ र तेस्रो क्वाटर्मा २७-२४ को अग्रता बनाउँदै अन्तिम क्वाटरअघि ७१-६३ को अग्रता बनायो ।

अन्तिम क्वार्टरमा पुनरागमन गरेको फ्रान्सले उक्त क्वार्टर १९-१६ ले आफ्नो पक्षमा पारे पनि अमेरिकाले पाँच अंक अन्तरमा खेल जित्यो । अमेरिकाको जितमा कप्तान केभिन डुरान्टले सर्वाधिक २९ स्कोर गरे । उनले रिबाउन्डमा ६ स्कोर गरे ।

 


कस्तो लाग्यो ?

यो पनि