चैत १५, २०८०, बिहीबार
               

पुरुष हकीमा भारतलाई ऐतिहासिक पदक, मोदीले गरे यस्तो ट्विट

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा भारतले पुरुष हकीमा कास्य पदक जितेको छ । जर्मनीलाई ५ ४ ले हराउँदै भारतले कास्य पदक जितेको हो ।

भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा पदकविहीन हुँदै आएको थियो ।

४१ वर्षपछि पदक जित्नु ऐतिहासिक भन्दै भारतीयहरुले खुसी मनाइरहेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हकी टिमलाई बधाइ दिँदै हकी टिमप्रति गर्व लागेको बताएका छन् ।

यसलाई ‘ऐतिहासिक’ क्षण भन्दै मोदीले भनेका छन्, ‘एक यस्तो दिन जुन हरेक भारतीयको यादमा अंकित हुने छ । कास्य पदक घर ल्याउने हाम्रो पुरुष हकी टिमलाई बधाई । यो उपलब्धिले पूरै देश, खासगरी हाम्रा युवाहरुमा उत्साह भरेको छ । भारतलाई आफ्नो हकी टिमप्रति गर्व छ ।’


कस्तो लाग्यो ?

यो पनि