बैशाख १९, २०८१, बुधबार
               

क्रिकेटर पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

करिब दुई दशक राष्ट्रिय टोलीबाट क्रिकेट खेल्दै कप्तानी समेत गरेका खड्काले मंगलबार (आज) बिहान ट्विटरमार्फत् सन्यासको घोषणा गरेका छन् ।

उनले सन्यास लिएको जानकारी दिँदै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन् । लामो समयसमम नेपाली टोलीको कप्तानी गरेका खड्काले दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए ।

खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि नेपाली क्रिकेटमा भने आफ्नो सपना अझै बामे सर्दै गरेको उल्लेख गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि