बैशाख १९, २०८१, बुधबार
               

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । 

आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

केही दिन अघि प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने बताएका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको उनले बताएका थिए ।

नेम्वाङकै कारण काम गर्ने वातावरण नपाएको अल्मुताइरीको गुनासो थियो ।

प्रशिक्षक अल्मुताइरीले भने आफूले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको स्पष्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ । त्यसप्रति म क्षमा चाहन्छु ।’

‘नेपाली जनता, विशेषगरी पूर्व खेलाडी र प्रशिक्षक वा जसले मेरो सोचबारे गलत बुझे, उनीहरु सबैप्रति क्षमाप्रार्थी छु’, उनले भनेका छन् ।

आफूले कोही कसैप्रति पनि गलत नियत नराखेको र नेपाली फुटबल टिमसँग जोडिन पाएकोमा खुसी रहेको अल्मुताइरीले बताएका छन् ।

यो पनि