बैशाख १९, २०८१, बुधबार
               

गौतम विश्व र्‍याफ्टीङ्गको सदस्यमा चयन

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

नेपाल र्‍याफ्टिङ्ग तथा क्यानोईङ्ग संघका महासचिव सुदीप राज गौतम विश्व र्‍याफ्टिङ्ग महासंघको बोर्ड सदस्यमा चयन भएका छन् ।

विश्व र्‍याफ्टिङ्ग महासंघको चुनावी साधारण सभाले चार वर्ष (२०२१ – २०२४) का लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो । महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् ।

फ्रान्समा आयोजना भएको विश्व र्‍याफ्टिङ्ग च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा ईटालीका बारमाज डानिलोलाई दोश्रो कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको थियो ।

नेपालमा र्‍याफ्टिङ्गमै आफ्नो जीवन व्यतित गरेका गौतम र्‍याफ्टिङ्ग खेलको विकास र विस्तारमा अहोरात्र लाग्दै आइरहेका छन् । गौतम र्‍याफ्टिङ्ग तथा क्यानोईङ्ग संघको संस्थापक सदस्य समेत हुन् ।


कस्तो लाग्यो ?

यो पनि