बैशाख १९, २०८१, बुधबार
               

एन्फाका प्रवक्ता किरण राईद्वारा राजीनामा

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले आफ्नो पदबाट राजीनामा दिएका छन् । पछिल्लो पटक वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको लफडाको बीचमा एन्फाले संस्थागत निर्णय गर्न नसकेको भन्दै राजीनामा दिएका हुन । 

उनले प्रवक्ता पदबाट आइतबार नै राजीनामा दिने बताइए पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले उनलाई सम्झाउने प्रयास गरेका थिए । तर उनले सोमबार अध्यक्षलाई राजीनामा पत्र बुझाएका छन् । 

शनिबार राति उनले आफ्नो सामाजिक सञ्जालमा फुटबलका विषयमा ब्यंग्यात्मक अभिब्यक्ति राखेका थिए । पछिल्लो पटक एन्फामा एकपछि अर्को गरेर पदाधिकारीले जिम्मेवारीबाट राजीनामा दिने क्रम बढेको छ । यस्तैमा प्रवक्ता राईले पनि राजीनामा दिएका छन् । 

यतिमात्र होइन, एन्फा भित्रको राजनीतिको कित्ताकाट प्रष्ट रुपमा देखिन थालेको छ । राजीनामा दिने क्रममा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको पनि उपस्थिति थियो ।


कस्तो लाग्यो ?

यो पनि