बैशाख १९, २०८१, बुधबार
               

टोकियो ओलम्पिक : एउटै इभेन्टमा २ जनालाई स्वर्ण

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

जापानमा जारी ३२ औं गुष्मकालीन टोकियो ओलम्पिकमा पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । 

कतारका मुताज बर्शिम र इटालीका जियानमारको ताम्बेरीले स्वर्ण पदक पाएका हुन्। यस स्पर्धामा दुबै खेलाडीले २.३७ मिटरको उचाई पार गरेका थिए। करिब २ घण्टा चलेको प्रतिस्पर्धामा उनीहरुले पुरानो नतिजा तोड्ने प्रयास गरेका थिए। तर, दुबै खेलाडी असफल भएका थिए।

त्यसपछि दुबै खेलाडीले स्वर्ण पदक बाड्ने निर्णय गरेका थिए। र, दुबै खेलाडीले एक अर्कासँग खुशी साटेका थिए।


कस्तो लाग्यो ?

यो पनि