बैशाख १९, २०८१, बुधबार
               

सञ्जीवलाई स्वर्ण

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

नेपालका सञ्जीव नेपालीसहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् ।

पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५.४३३ स्कोर प्राप्त गर्दा क्लिभले ४.४८३ स्कोर जोडेका थिए । महिला १८–३० वर्षमुनि उमेर समूहमा पनि नेपालकै सन्दीपा अमगाईंले सफलता पाइन् । उनले पनि अमेरिकाकै सानोन मास्देनलाई हराउँदै स्वर्ण चुमिन् । सन्दीपाले ५.५०० स्कोर र सानोनले ५.४०० स्कोर प्राप्त गरेकी थिइन् ।

नेपालकै प्रेमकुमार दर्नालले पुरुष ४०–५० वर्ष उमेरसमूहको पुम्सेमा स्वर्ण जिते । प्रेमकुमारले कुल ५.०६७ स्कोर बटुल्दै अमेरिकाका टिम ओमिरालाई हराए । थोरै स्कोरले पछि परेका टिमले ५ स्कोर बटुलेका थिए । गत जुलाई ३१ देखि सञ्चालन भएको पुम्से च्याम्पियनसिपमा आयोजक टोलीका राष्ट्रद्वय अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिंगापुर, स्लोभानिया र इन्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि