चैत १६, २०८०, शुक्रबार
               

ओलम्पिकमा सात पदक जित्ने महिलामा अस्ट्रेलियाकी एम्मा मेक्केन

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

अस्ट्रेलियाकी एम्मा मेक्केन ओलम्पिकमा सात पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छिन् । 

मेक्केनले आज भएको महिला ५० मिटर फ्री स्टाइलमा स्वर्ण जित्दै यो सफलता प्राप्त गरेकी हुन् ।

टोकियो एक्वेटिस्क सेन्टर भएको प्रतिस्पर्धामा उनले २३ दशमलव आठ एक सेकेन्डमा दूरी पुरा गरिन्  । यो ओलम्पिक कीर्तिमान पनि हो ।

स्विडेनकी सराहले २४ दशमलव शून्य सात सेकेन्डको समयका साथ रजत र डेनमार्ककी प्रेनिलले कास्य जितिन् ।

टोकियो ओलम्पिकमा मेक्केनको यो चौथो स्वर्ण हो । उनले एक सय मिटर फ्री स्टाइल, चार गुणा एक सय मिटर फ्री स्टाइल रिले र चार गुणा एक सय मिटर मिड्ले रिलेमा पनि स्वर्ण हात पारेकी थिइन् ।

उनले तीन कास्य पदक पनि आफ्नो नाममा लेखाइन्  । योसँगै उनी ओलम्पिकमा सात स्वर्ण जित्ने माइकल फ्ल्पेस, मार्क स्पिट्ज र म्याट विनोडीको सूचीमा परेकी छिन् । अन्य खेलमा महिलातर्फ सन् १९५२ मा रुसकी जिम्न्यास्ट मारियाले सात स्वर्ण जितेकी थिइन् ।

पुरुषतर्फ अमेरिकाका काइलेब ड्रसेलले वर्चस्व जमाए । उनले आज ५० मिटर फ्री सटाइलमा ओलम्पिक कीर्तिमान कायम गर्दै स्वर्ण जिते । टोकियोमा उनको यो पाँचौ स्वर्ण हो । ड्रसेलले २१ दशमलव शून्य सात सेकेन्डमा दूरी पुरा गरेका थिए ।

फ्रान्सका फ्लोरेन्सले रजत र ब्राजिलका ब्रुनोले कास्य हात पारे । ड्रसेल सम्मिलित अमेरिकाले चार गुणा एक सय मिटर मिड्ले रिलेमा स्वर्ण जित्दा विश्व कीर्तिमान कायम गर्‍यो । अमेरिकाले निर्धारित दूरी ३ मिनेट २६ दशमलव सात आठ सेकेन्डमा पुरा गरेको हो । त्यो प्रतिस्पर्धामा बेलायतले रजत र इटालीले कास्य जित्यो ।

यसै विधाको महिलातर्फको स्वर्ण अस्ट्रेलियाको नाममा रह्यो  ।

पुरुष १५ सय मिटर फ्री सटाइलमा अमेरिका रोबर्ट फिन्केले स्वर्ण जितेका छन् । योसँगै टोकियो ओलम्पिकमा पौडीका खेल सकिएका छन् । अमेरिकाले कुल ११, अस्ट्रेलियाले ९ र बेलायतले ४ स्वर्ण पदक जित्यो । चीनले तीन, रुस ओलम्पिक कमिटी र जापानले २–२  तथा क्यानडा, हंगेरी, दक्षिण अफ्रिका र ट्युनिसियाले एक एक स्वर्ण जितेका छन् ।


कस्तो लाग्यो ?

यो पनि