बैशाख २०, २०८१, बिहीबार
               

जमैकाका तीन धाविकाले जिते १०० मिटर दौडमा स्वर्ण, रजत र कास्य पदक

एजेन्सी
साउन १६, २०७८

ADVERTISEMENT

जमैकाकी इलानी थम्पसन हेराले टोकियो ओलम्पिकमा १०० मिटर दौडको स्वर्ण जितेकी छिन् ।

जमैकाकी यी धाविकाले २०१६ मा रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् । 

यसपटक उनले स्वर्ण जित्ने क्रममा आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई पछि पारिन् ।

२९ वर्षीया थम्पसनले १०.६१ सेकेन्डमा दौड पूरा गरिन् । उनी १०० मिटरतर्फको विश्व कीर्तिमान नजिक पुगे पनि त्यसलाई बराबरी गर्न भने ०.१२ सेकेन्डले चुकिन् ।  

१०० मिटरतर्फ सर्वाधिक छिटो कुद्ने कीर्तिमान अमेरिकी धाविका फ्लोरेन्स ग्रिफिफ्थ जोयनेरले ३३ वर्षअघि राखेकी थिइन् । 

१०० मिटरतर्फ ओलम्पिकमा जमैकाकै सेरिका ज्याक्सनले कास्य जितिन् । रजत विजेता प्राइसभन्दा उनी केवल ०.०२ सेकेन्डले पछि थिइन् । प्राइसले १०.७६ सेकेन्डमा दौड पुरा गरिन् । 

यो पनि