बैशाख १४, २०८१, शुक्रबार
               

स्टार खेलाडी जो ओलम्पिकमा फ्लप भए

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिकको तरंग विश्व खेलकुदमा छाइरहेको छ । सञ्चारमाध्ययममा स्वर्ण, रजत र कास्य जित्ने खेलाडी र देशको नाम सूचीसहित आइरहेका छन् ।

कतिपय खेलाडीले इतिहास कोरिरहेका छन् भने कतिपयले रेकर्ड तोड्ने र बनाउने गरिरहेका छन् । यस्तैमा टोकियो ओलम्पिक केही विश्वचर्चित खेलाडीहरुका लागि बिर्सनलायक रह्यो । जितको माहोलमा केही ठूला खेलाडीहरुको पराजय हेडलाइन बन्न पुगे । 

टोकियो ओलम्पिकको सातौं दिन नोभाक जोकोभिच र टेडी राइनर पराजित हुनुपरेको थियो । यसबाट विश्व खेलकुदमा नाम चलेका नायकहरु कमजोर बन्ने क्रम शुरु भएकोे थियो ।

त्यसपश्चात् सिमोन बाइल्स वा जोन रहम को हकमा पनि सोही हुन पुग्यो । सिमोन बाइल्सले टोकियो ओलम्पिकका दुई वटा इभेन्टबाट नाम फिर्ता लिएकी थिइन् भने आफ्नो स्वास्थ्यले साथ नदिएको र दिमाग र ज्यानमा एकरुपता नआएको भन्दै उनले फेरि भल्ट र बारको इभेन्टबाट नाम फिर्ता लिएकी छन् । 

अमेरिकी जिम्नास्टिक एसोसियसनले ट्विटरमा सिमोनले आइतबार हुने दुई वटा प्रतिस्पर्धाबाट नाम फिर्ता लिएको जानकारी दिएको छ । 

ओसाकाले अनौठो तरिकाबाट पराजय भाोगिन् तर पनि प्रशंसकहरुको मन भने जितेकी छिन्, तर उनी आफैंले स्वीकार गरिन् कि उनी खेलको लागि कसरी तयारी गर्ने भन्नेबारे बिल्कुलै अनभिज्ञ थिइन् । 

अर्का जापानी ब्याटमिन्टन खेलाडी केन्टो मोमोटाको पनि संघर्ष गर्नुपरेका थिए । केन्टो विश्वकै सर्वोत्कृष्ट खेलाडीको रुपमा रहेका छन् तर ती जटिलताहरु यस तथ्यले नरम बनाइएको छ कि जापानको ओलम्पिकमा सबैभन्दा धेरै स्वर्ण पदक छ ।

ओलम्पिक सकिन लागि अझै एक हप्ताभन्दा बढि समय बाँकी छ त्यसैले स्वर्ण पदकको संख्या अझै थपिने क्रममा रहेको छ । 

टोकियो ओलम्पिकमा विश्व खेलकुदका फरक विधाका खेलाडीहरु भाग्यले साथ नदिएर वा आफुभन्दा उत्कृष्ट खेलाडीसँगकोे प्रतिस्पर्धाले होस उनीहरु पराजित भए र टोकियो ओलम्पिकमा उनीहरु कमजोर साबित भए ।


कस्तो लाग्यो ?

यो पनि