जेठ ०९, २०८१, बुधबार
               

क्रिकेट खेलबाट विश्राम लिने अलराउण्डर स्टोक्सको घोषणा

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

काठमाडौं । अलराउण्डर बेन स्टोक्सले सबै फर्म्याटका क्रिकेटबाट विश्राम लिने घोषणा गरेका छन् । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शुक्रबार स्टोक्सले क्रिकेटबाट विश्राम लिने निर्णय गरेको जनाएको छ ।

इंग्ल्यान्डका अलराउण्डर स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिने निर्णय गरेको बोर्डले जनाएको छ ।

क्रिकेटबाट विश्राम लिने निर्णयसँगै स्टोक्सले भारतविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् । इंग्ल्यान्डले घरेलु मैदानमा भारतसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट अगस्ट ४ मा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि