बैशाख २१, २०८१, शुक्रबार
               

अलमुताइरी र नेम्बाङबीचको विवाद छानबिन गर्न मन्त्रालयलाई एन्फाको अनुरोध

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल संघ एन्फाले वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ ।

शुक्रबार साँझ बसेको एन्फा बैठकले वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबीचको विवाद सम्बन्धमा छानबिन गर्न मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल मुताइरीले केही दिनअघि वरिष्ठ उपाध्यक्षले आफूलाई तनाव दिइरहेको भन्दै फेसबुक मार्फत् राजीनामाको घोषणा गरेका थिए ।

त्यसपछि उनले एन्फा सचिवालयमा निवेदन दिएर यसबारे निकास निकाल्न आग्रह पनि गरेका थिए ।

यस्तै एन्फाले साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय पुरुष टोलीलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय पुरुष टोलीसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पत्राचार भइरहेकाले आवश्यकताअनुसार राष्ट्रिय टिमले मैत्रीपूर्ण खेलको आयोजना तथा सहभागिता जनाउने निर्णय पनि गरेको छ ।

बैठकले साफ च्याम्पियनसीपको तयारीलगायत विभिन्न निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।

यो पनि