जेठ ०८, २०८१, मंगलबार
               

प्रशिक्षक राजीनामा प्रकरणबारे छलफल गर्न एन्फाको आपतकालीन बैठक बस्दै
अलमुताइरी राजीनामा प्रकरण मुख्य एजेन्डा

नेपाल फ्ल्यास
साउन १५, २०७८

फाइल फोटो, एन्फा
ADVERTISEMENT

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यकारी समितिको आपतकालीन बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार दिउँसो ४ बजे समितिको बैठक बोलाइएको हो ।

बैठकमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रकरणको सन्दर्भमा र दोस्रो साफ फुटबल आयोजनाको सन्दर्भमा छलफल रहने छ । आधिकारिक राजीनामा नदिए पनि अलमुताइरी सामाजिक सञ्जालमार्फत गरेको राजीनामालाई बढी चासोका रुपमा हेरिएको छ ।

साउन १० गते अमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले केही सातायता आफूलाई दुःख दिएको कारण राजीनामा दिने बताएपछि सामाजिक सञ्जाल तरंगित बनेको थियो ।

त्यस्तै, नेम्वाङले आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिँदै छानविनको माग गरेका थिए । नेम्बाङले आरोप लागेसँगै छानविनको माग गर्दै निवेदन दिएका थिए । अमुताइरीले पनि बिहीवार दुई सञ्चारकर्मी र वरिष्ठ उपाध्यक्षसँगको विवाद सम्बन्धमा छानविन गर्न भन्दै एन्फामा निवेदन दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि