जेठ ०८, २०८१, मंगलबार
               

तेस्रो टी– २० क्रिकेटमा भारतलाई हराउँदै श्रीलंकाले जित्यो सिरिज

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

काठमाडौं । तेस्रो टी– २० क्रिकेट खेलमा भारतलाई हराउँदै श्रीलंकाले सिरिज जितेको छ । गएराति सम्पन्न भएको उक्त तेस्रो एवं अन्तिम खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले हराउँदै घरेलु टोली श्रीलंकाले सिरिज २–१ ले हात पारेको हो ।

भारतले दिएको ८२ रन लक्ष्य पच्छ्याएको श्रीलंकाले १४–३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्न सफल भयो । श्रीलंकाको लागि धनन्जय डा शिल्भाले अविजित रहँदै सर्वाधिक २३ रन बनाएका थिए भने भारतका लागि राहुल चाहरले ३ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन मात्र बनाएको थियो ।

भारतका लागि कुलदिप यादवले अविजित रहँदै २३ रन बनाए । भारतलाई कम स्कोरमा रोक्न श्रीलंकाका वानिन्दु हसारांगाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि