जेठ ०९, २०८१, बुधबार
               

त्रिकोणात्मक सिरिजका लागि ह्वाटमोर नेपाल आइपुगे

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

सेप्टेम्बरमा ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिजका तयारीका लागि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइपुगेका छन । 

प्रशिक्षक नेपाल आएपछि अर्र्को साताबाट राष्ट्रिय टिमको क्याम्प सुरु गरिने भएको छ । यसअघि स्पेनमा हुने भनिएको आइसीसी विश्वकप क्रिकेट लिग टु को अन्तिम समयमा स्थगित भएपछि प्रशिक्षण रोकिएको थियो । त्यसपछि ह्वाटमोर श्रीलंका फर्किएका थिए । 

तर क्यानले अगष्टको पहिलो साताबाट प्रशिक्षण गर्ने भएपछि ह्वाटमोर दुई दिन अगाडि नेपाल पुगेका हुन । उनको शुक्रबार पीसीआर परिक्षण हुनेछ । त्यसपछि टिमको क्याम्पमा लाग्नेछन । 

क्यानले क्याम्पका लागि यसअघि बोलाएका खेलाडीलाई नै राख्ने तयारी गरेको छ । ओमानमा हुने नेपाल र अमेरीकाविचको सिरिजका लागि अमेरीकाले तयारी सुरु गरिसकेको छ । यस्तै यूएईले पनि खेलाडीलाई क्याम्पमा राखिसकेको छ । 

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले अहिलेसम्म मात्र चार खेल खेलेको छ । जसमा दुईमा जित र दुईमा हार ब्यहोरेको छ ।अहिलेसम्मको ओमानमा हुने प्रतियोगिताको एकिन मिति भने आइसकेको छैन । तर सेप्टेम्बरको दोस्रो साता सुरु हुने सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि