बैशाख ०६, २०८१, बिहीबार
               

४ पटक ग्रान्डस्लाम विजेता नाओमी ओसाका ओलम्पिक लन टेनिसको अन्तिम १६ बाट बाहिरिन्

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

टोकियो । जापानी टेनिस स्टार नाओमी ओसाका टोकियो ओलम्पिकअन्तर्गत महिला एकलको अन्तिम १६ बाट बाहिरिएकी छन् ।

विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी ओसाका मारकेटा भोन्द्रुसोभासँग सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन् ।

ओलम्पिकको अन्तिम १६ मा ओसाका मारकेटा भोन्द्रुसोभासँग सोझो सेटमा पराजित भइन् । मारकेटाले ओसाकालाई ६–१ र ६–४ को सेटमा पराजित गरिन् । 

 ओलम्पिकको भव्य उद्घाटन गरेकी नाओमी ओसाकाले ४ पटक ग्रान्डस्लाम जितिसकेकी छिन् । 

योसँगै घरेलु भूमिमा जापानलाई लन टेनिसमा पहिलोपटक ओलम्पिक स्वर्ण दिलाउने ओसाकाको सपना अधुरो नै भएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि