बैशाख ०८, २०८१, शनिबार
               

अस्ट्रेलियाकी एरिअर्नेले टोकियोमा जितिन् दोस्रो स्वर्ण

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

टोकियो । अस्ट्रेलियाकी एरिअर्ने टिटमुसले २ सय मिटर फ्रिस्टायलतर्फ ओलम्पिक स्वर्ण जितेकी छिन् । उनले १ मिनेट ५३ दशमलव ५० सेकेन्डमा निर्धारीत दूरी पौडदैं स्वर्ण जितिन् । यसअघि उनले ४ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेकी थिइन् । 

२ सय मिटर फ्रिस्टायलमा हङकङकी सियोबन ह्युजहे दोस्रो र क्यानेडाकी पेन्नी ओलेक्सियाक तेस्रो भए । यस स्पर्धामा डिफेन्डिङ च्याम्पियन अमेरिकी खेलाडी लिडिक्की पाँचौ स्थानमै सिमित भइन् । यद्यपी, लिडेक्कीले एक घण्टापछि नै १५ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितिन् । समग्रमा यो लिडेक्कीले जितेको छैटौं ओलम्पिक स्वर्ण हो । 

उनले निर्धारित दूरी १५ मिनेट ३७ दशमलव ३४ सेकेन्डमा पार गरिन् । यस इभेन्टस्मा अमेरिकाकै इरिका सुलिभान दोस्रो भइन् ।

टिटमस र लिडेक्की  अब ८ सय मिटर फ्रिस्टायलको प्रतिस्पर्धामा पनि आमने–सामने हुनेछन् । यो प्रतिस्पर्धा बिहीबार हुँदैछ । 


कस्तो लाग्यो ?

यो पनि