बैशाख १२, २०८१, बुधबार
               

टोकियो ओलम्पिकमा आज गौरिका सिंहले पौडी खेल्दै

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

काठमाडौं । टोकियो ओलम्पिकमा आज गौरिका सिंहले पौडी खेल्ने भएकी छन् । उक्त ओलम्पिकमा आज पौडीतर्फ नेपाली खेलाडी सिंहको खेल परेको हो । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी उनको खेल नेपाली समय अनुसार पौने चार बजे हुने बताइएको छ ।

गैरिका यो स्पर्धामा दक्षिण एसियाली च्याम्पियन हुन् । उनले दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

एनको उत्कृष्ट टाइमिङ ५८.१३ सेकेण्डको हो । तर, त्यो २५ मिटरको सर्ट कोर्षमा खेलिएको थियो । टोकियो आटिकको ५० मिटर लङ्ग कोर्षमा उनले टाइमिङ सुधार गर्ने अपेक्षा गरिएको छ । महिलाको १ सय मिटर फ्रिस्टाइलमा ५२.६२ सेकेण्डको ओलम्पिक कीर्तिमान छ ।


कस्तो लाग्यो ?

यो पनि