बैशाख १३, २०८१, बिहीबार
               

भारत र श्रीलंकाबीचको दोस्रो टी-२० स्थगित

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

भारत र श्रीलंकाबीचको दोस्रो टी-२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ । तालिकाअनुसार आजराति हुने भनिएको खेल कोभिडका कारण स्थगित भएको बताइएको छ । 

भारतीय टिमका एक खेलाडीमा कोरोना देखिएपछि अरु आठ खेलाडी पनि आइसोलेसनमा बसेकाले खेल स्थगित भएको छ । अब आजको खेल बिहीबार हुनेछ । 

यसका साथै इंग्ल्याण्ड भ्रमणमा जाने तयारीमा रहेका पृथ्वी शा र शुर्यकुमार यादवलाई पनि असर पर्ने भएको छ । इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि बीसीसीआईले दुई जना खेलाडीलाई पठाउने तालिका थियो । तर कोभिडका कारण उनी तोकेको समयमा जान नपाउने संभावना बढेको छ । 

खेल अगाडि मंगलबार गरिएको परिक्षणमा भारतीय एक जनामा कोभिड देखिएको हो । तर कसलाई कोभिड भएको भन्ने खुलाइएको छैन । श्रीलंकन टिममा भने कोभिडको कुनै रिपोर्ट नभएको बताइएको छ । अब सबैको बुधबार बिहान फेरि परीक्षण गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि