चैत १६, २०८०, शुक्रबार
               

टोकियो ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

नेपाली पौडीवाज एलेक्जेन्डर शाह(एलेक्स)ले ओलम्पिकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन । ओलम्पिकमा हिट चरणमा पहिलो भए पनि एलेक्स दोस्रो चरणमा भने पुग्न सकेनन् । जसका कारण उनको प्रतिस्पर्धा हिट चरणमा नै सकिएको छ । 

पहिलो हिटमा प्रतिस्पर्धा गरेको एलेक्सले निर्धारीत दुरी ५३ दशमलव ४१ सेकेण्डमा पुरा गरे । उनले  राष्ट्रिय कीतिमानमा सुधार गरे । यो स्पर्धामा एलेक्सको समय ५५ दशमलव ३८ सेकेण्डको समय रहेको थियो ।  हिट चरणको समयका आधारमा शीर्ष १६ मा रहने खेलाडीले सेमिफाइनलमा प्रवेश गर्नेछन । तर उनको भन्दा अरु हिटमा प्रतिस्पर्धा गरेका खेलाडीको समय राम्रो रहेकाले उनी १६ जना भित्र पर्न सकेनन् ।

दक्षिण एशीयाली खेलाडीको तुलनामा एलेक्सले उत्कृष्ट प्रदर्शन गरे । उनले पाकिस्तान, भुटान, माल्दिभ्ससहित प्रतिस्पर्धामा उत्रिएका अरु १० खेलाडीको भन्दा राम्रो समय निकाले । यसका साथै उनले १३ औं सागमा यो विधामा स्वर्ण जितेका म्याथ्यु भन्दा पनि राम्रो गरे । म्याथ्युले दुरी ५०.६२ सेकेण्डमा पुरा गरेका थिए ।  सेमिफाइनलमा अब समग्रमा ४८.४४ सेकेण्डभन्दा कम समयका खेलाडीले प्रतिस्पर्धा गर्नेछन । 

पौडीमा नै नेपालबाट महिलातर्फ कीर्तिमानी खेलाडी गौरीका सिंहले एक सय मिटर फ्रिस्टाइलमा बुधबार प्रतिस्पर्धा गर्नेछिन । उनको प्रतिस्पर्धा दिउँसो पौने चार बजे रहेको छ । उनी पनि पहिलो हिटमा रहेकी छिन । हिटको छैटौं लेनमा रहेकी गौरीकाको हिट चरण पार गर्ने संभावाना बलियो देखिएको छ ।

इन्ट्रि टाइमिङमा गौरीका दोस्रो स्थानमा छिन । उनी भन्दा अगाडी मोन्टनेग्रोकी एन्डिला एन्टु नोभिक छिन । उनको समय एक मिनेट ४९ मिलिसेकेण्ड रहेको छ । गोरीकाको यो बिधामा एक मिनेट ६२ मिलिसेकेण्डको छ । साथै गोरीकालाई आफ्नो राष्ट्रिय रेकर्ड सुधार्ने पनि मौका  छ ।


कस्तो लाग्यो ?

यो पनि