बैशाख १२, २०८१, बुधबार
               

ओडिआई सिरिजमा अष्ट्रेलियाको जित

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

काठमाडौं । अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेल ६ विकेटले जित्दै अष्ट्रेलियाले सिरिज आफ्नो पक्षमा पारेको हो ।

यसअघि, पहिलो ओडिआई अष्ट्रेलियाले १३३ रनले जितेको थियो भने दोस्रो ओडिआई वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो ।

ब्रिजटाउनमा भएको खेलमा वेष्टइन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले अर्धशतक प्रहार गरे । उनले ५२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ५१ रन बनाए । यस्तै कप्तान एलेक्स केरीले ३५ र मिचेल मार्सले २९ रन योगदान गरे । एस्टन एगर १९ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिज अष्ट्रेलियाको बलिङ सामु खुलेर खेल्न नसक्दा ४५.१ ओभरमा १५२ रनमै अलआउट भएको थियो । ओपनर एभिन लेविसले अविजित रहँदै ५५ रन बनाए पनि अन्य खेलाडीले व्यक्तिगत रुपमा २० रन समेत पूरा गर्न सकेनन् ।

 


कस्तो लाग्यो ?

यो पनि