बैशाख १४, २०८१, शुक्रबार
               

गौरिकाले पहिलो चरण पार गर्ने संभावना बलियो

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिकमा नेपाली पौडीवाज एलेक्स शाहले भोलि प्रतिस्पर्धा गर्दैछन । नेपालका नम्वर एक पुरुष पौडी खेलाडी एलेक्सको प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो पौने चार बजेरहेको छ ।  टोकियो एक्विटिक सेन्टरमा हुने प्रतिस्पर्धाका लागि एलेक्स हिट वनमा छन् । उनी छैटौं लेनमा रहेर प्रतिस्पर्धा गर्नेछन । हिट वनमा भुटानका तेन्जिन सांगे, माल्दिभ्सका इब्राहिम मुबल अजाम, गुयनाका फ्लोयर एन्र्डु, प्यालेस्टाइनका अल बाबाब याजन, सोलोमनका इडगर छन ।  यो लेनमा एलेक्सको समयभन्दा पछाडी तीन् खेलाडी छन । एलेक्सको इन्ट्रि टाइमिङ ५६ दशमलव २८ सेकेण्ड रहेको छ ।

 पौडीमा नै महिला तर्फ गौरिका सिंहको प्रतिस्पर्धा बुधबार रहेको छ । उनको खेल पनि दिउँसो पौने चार बजे हुनेछ । उनी पनि पहिलो हिटमा रहेकी छन् । हिटको छैटौं लेनमा रहेकी गौरीकाको हिट चरण पार गर्ने संभावना बलियो देखिएको छ । इन्ट्रि टाइमिङमा गौरीका दोस्रो स्थानमा छिन् ।

उनीभन्दा अगाडि मोन्टनेग्रोकी एन्डिला एन्टु नोभिक छन् । उनको समय एक मिनेट ४९ मिलिसेकेण्ड रहेको छ । गौरीकाको यो बिधामा एक मिनेट ६२ मिलिसेकेण्डको छ । साथै गोरीकालाई आफ्नो राष्ट्रिय रेकर्ड सुधार्ने पनि मौका रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि