बैशाख १३, २०८१, बिहीबार
               

शाहिद अफ्रिदीले काठमाडौं किंग्सबाट इपिएल खेल्ने

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल)मा पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले खेल्ने भएका छन् ।

आउँदो असोजमा आयोजना हुने इपिएलमा अफ्रिदी काठमाडौं किंग्स ११ बाट खेल्ने पक्का भएको छ । काठमाडौं किंग्स ११ ले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अफ्रिदीलाई टिमको आइकोनिक प्लेअरको रुपमा सार्वजनिक गरेको हो ।

विश्वका अधिकांश फ्रेन्चाईज लिग खेलेका अफ्रिदीले पाकिस्तानका लागि ९९ टी २० खेलेका छन् भने उनले ३९८ एक दिवसीय तथा २७ टेस्ट क्रिकेट खेलेका छन् । पूर्व कप्तानसमेत रहेका अफ्रिदीले तीनवटै फरम्याटमा ११ हजार बढी रन बनाएका छन् ।

इपिएल सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । इपिएलमा ६ वटा फ्रेन्चाइजी टिमको सहभागिता हुने छ । कोरोना महामारीका कारण गत बर्ष इपिएल स्थगित भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि